पाेखरा । भर्खरै निर्माण सकिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक विमान अवतरण भएको छ । नेपालका निजी क्षेत्रका दुई विमान कम्पनीले नयाँ विमानस्थलमा जहाज ओरालेका हुन् । जनवरी १ तारिखका दिनदेखि औपचारिक उद्घाटन गर्न लागिएको विमानस्थलमा बुद्ध र यतीले बिहीबार डेमो फ्लाइट गरेका हुन् ।
दुवै कम्पनीले हाल चालू अवस्थामा रहेको पुरानो विमानस्थलबाट एटिआर–७२ जहाजमार्फत नयाँ विमानस्थलमा उडान भरेका हुन् । दिउँसो २ बजेतिर यतीले उडान भरेको १ घण्टापछि बुद्धले उडान भरेको हो । दुवै विमान ७२ सिट क्षमताका हुन् ।