भक्तपुरमा मानव अधिकार हननका घट्ना बढ्दै

19

भक्तपुर । भक्तपुरमा एक वर्षको अबधीमा हत्या, बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाहलगायतका १७९ वटा मानव अधिकार हनन एवं ज्यादतीका घटना भएको छ ।

आज अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले आयोजना गरेको एक वर्षे घट्ना सार्वजनिक एवं नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को वार्षिक पूर्व समीक्षा कार्यक्रममा इन्सेक भक्तपुर प्रतिनिधि रमेश गिरीले उक्त तथ्यांक सार्वजनिक गरेका हुन् ।

इन्सेकले सङ्कलन गरेको तथ्यांक अनुसार सन् २०२२ जनवरीदेखि डिसेम्बर २१ सम्मको एकवर्षको अबधीमा बलात्कारको घट्ना बढेको पाईएको छ । यस अबधीमा महिला तथा बालिका गरि ५१ जना बलात्कारबाट पीडित भएका छन् । चार जना बलात्कार प्रयासबाट र तीन जना बालिका बाल यौन दुव्र्यबहारबाट पीडित भएका छन् ।

यस अबधीमा आठ जनाको हत्या भएको छभने १५ जनाको हत्या प्रयास भएको छ । ७० जनामाथि अभद्र व्यबहार, एक जनामा जातीय छुवाछुतबाट पीडित भएका छन् ।

त्यस्तै बहुबिवाहबाट १५ जना महिला पीडित भएका छन् भने मानव बेचबिखनबाट पाँच जना, घरेलु हिंसाबाट चार जना, आत्महत्या दुरुत्सानमा चार जना पीडित भएका छन् । भक्तपुुरमा यो वर्ष १५३ जनाले आत्महत्या गरेका छन् । आत्महत्याको अबस्था बिकराल बन्दै गएको छ । १६८ जनाको यो वर्ष सम्बन्ध बिच्छेद भएको छ । त्यस्तै महिला, पुरुष र बालबालिका गरि यो वर्ष ४४४ जना हराएकोमा ४२४ जना फेला परेका छन् ।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले ७५ प्रतिशत हिंसा घर भित्र, आफन्त र चिनेजानेकाबाटै हुने गरेको बताउदै १८ वर्ष मुनिको बालिकाहरु बढी पीडित हुने गरेको बताए । बहुबिवाह र बालबिवाह लगायत महिला हिंसाबाट जन्मिएका धेरै बालबालिका जोखिममा परेको बताउदै उनले मानव अधिकार संरक्षणका लागि घरघरबाटै सचेत हुनु पर्नेमा जोड दिए ।

स्थानीय तहले महिला, बालबालिकालगायत धेरै क्षेत्राधिकार पाए पनि त्यसलाई समूचित रुपमा व्यबस्थापन गर्न नसक्दा स्थानीय तहमा जानु पर्ने विषय जिल्ला प्रशासन कार्यालयमा आउने र त्यसको बहन गर्नु पर्ने बाध्यता रहेको उनले बताए । भक्तपुरका चारवटै स्थानय तहसँग समन्वय र छलफल गरेर अपराध रोकथाम, हिंसा न्यूनिकरण, उद्धार र पुर्नस्थपना केन्द्र स्ञ्चालन गर्ने लगायतका कार्य अगाडि बढाउने बताए ।