काठमाडौं– देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा बारा, झापा, कन्चनपुर, काठमाडौं, रूपन्देही, सप्तरी, सुर्खेत, सुनसरी र उदयपुरमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु र १४ जना घाइते भएका हुन् ।
बाराको निजगढ नगरपालिका २ मा ट्रकमा मोटरसाइकल ठोक्किँदा खादा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक रौतहट गुजरा नगरपालिका सिम्रीका २६ वर्षीय भुवन पहाडी र पछाडि सवार २७ वर्षीय रितबहादुर राई रहेका छन् । दुवैको घटनास्थलमा नै मृत्यु भएको हो ।
सोही दुर्घटनामा मोटरसाइकलका पछाडि सवार २४ वर्षीय सुशील माझी घाइते भएका छन् । उनको प्रसुति सामुदायिक अस्पताल निजगढमा उपचार भैरहेको छ । आइतबार साँझ ७ बजे प्रदेश २ ०३ ००१ ख ४२२९ नम्बरको सडक छेउमा रोकिराखेको ट्रकमा पाछाडीबाट प्रदेश २ ०२ ००९ प ३९४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठक्कर खाएको हो । दुबै सवारी साधन र ट्रक चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ ।
झापाको मेचीनगर नगरपालिका १३ चारआली बजारमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार इलाम रोङ-६ बस्ने २३ वर्षीया उषा राई रहेकी छिन । ना ८ ख ३३३६ नम्बरको ट्रकले मे ७ प १७२७ नम्बरको मोटरसाइकललाई आइतबार राति बेलुकी साढे ८ बजे ठक्कर दिएको थियो ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ मछलिपुल नजिकै ट्याक्टरमा मोटर साइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । आइतबार साँझ ६ बजे सुदूरपश्चिम प्रदेश ०१ ००८ प ५५ ८७ नम्बरको मोटरसाइकलले सोही दिशा तर्फ जादै गरेको म १ प ६१ ८९ नम्बरको स्कुटरलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको से.२ त। ८२० नंम्बरको ट्याक्टरमा ठक्कर खाँदा ५५८७ नम्बरका मोटरसाइकल चालक शुक्लाफाँटा नगरपालिका ८ का ३० वर्षीय कृष्ण साउँदको निधन भएको हो ।