लक्ष्मी घिमिरे प्रदेशसभा

70

काठमाडौँ । निर्वाचन आयोगमा प्रमाणपत्र थाप्ने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यहरुको हुलमा देखिइन् – रामेछाप गोकुलगंगा गाविसकी लक्ष्मी घिमिरे पनि।

ह्विलचेयरमा प्रदेशसभा सदस्यको प्रमाणपत्र थापिरहेकी उनी अरुभन्दा फरक थिइन्। सांसदहरुको हुलमा सम्भवत: ह्विलचेयरमा प्रमाणपत्र लिने उनी एक्ली थिइन्। २८ वर्षीया लक्ष्मी राजधानीको पद्मकन्या क्याम्पसमा राजनीतिशास्त्रमा एमको अध्ययन पनि गर्दैछिन्।

विवेकशील साझामा आवद्ध रहेकी लक्ष्मी पार्टी अध्यक्ष रवीन्द्र मिश्र राप्रपा प्रवेश गरेसँगै राप्रपामा जोडिइन्। त्यही राप्रपाबाट उनी बागमती प्रदेशबाट समानुपातिक सांसद बनेकी हुन्।