काठमाडाैँ । निर्वाचन आयाेगले आज आइतबार समानुपातिक सांसद्हरूलाई प्रमाणपत्र दिँदैछ।
आयाेगले यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा विभिन्न राजनीतिक दलबाट चयन भएका समानुपातिक सांसद्लाई प्रमाणपत्र दिन लागेकाे हाे।
आज दिउँसाे १ बजे प्रमाणपत्र दिने भनिए तापनि याे समाचार तयार पार्दासम्म कार्यक्रम सुरु भइसकेकाे भने छैन्।
प्रमाणपत्र लिनका लागि आयाेग परिसरमा समानुपातिक सांसद्हरूकाे चहलपहल देखिन्छ।