मेयर हर्क साम्पाङले मागे राजिनामा

112

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क सम्पाङले कार्यपालिका सदस्यकै राजिनामा माग गरेका छन् ।शुक्रवार बिहान धरानमा पत्रकार सम्मेलन गर्दै प्रमुख साम्पाङले कार्यपालिका सदस्यको राजिनामा माग गरेका हुन् ।

मेयर साम्पाङले आफूले भनेको नमान्ने कार्यपालिका सदस्याहरुलाई राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् ।

धरान उप महानगरका ३ जना कार्यपालिका सदस्यले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको अभिव्यक्तिले दलित समुदायको मौलिक हक र अधिकार नै कुण्ठित पार्ने मनसाय भएको बताएका छन । साम्पाङले दलित समुदायमाथि दुव्र्यवहार भएको भन्दै कानुन अनुसारको कारबाही गर्न उनीहरुले माग गरेका छन् ।