काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार विराटनगर जाँदै छन्। निजी क्षेत्रद्वारा आयोजित विराट एक्स्पोको उद्घाटन गर्न उनी आज त्यहाँ जान लागेकी हुन्।
स्राेतका अनुसार राष्ट्रपति भण्डारी आज बिहीबार दिउँसो १ बजे विराटनगर पुग्ने कार्यक्रम तय भएकाे छ। राष्ट्रपति जाने भएपछि विराटनगरलगायत वरपरका स्थानको सुरक्षा व्यवस्था कडा पारिएको छ।
विराटनगर महानगरपालिका- १४ स्थित डिग्री क्याम्पसमा आगामी पुस ६ गतेसम्म एक्स्पो सञ्चालन गरिने छ।
नयाँ प्रविधिको प्रयोग गरेर विगतको भन्दा फरक र भव्य तरिकाले एक्स्पोको आयोजना गर्न लागिएको आयाेजक टिमले जनाएकाे छ।
आयाेजकका अनुसार उद्योग, व्यवसाय, कृषि, पर्यटनलगायतका क्षेत्रमा काम गर्न चाहनेहरूका लागि एक्स्पो उपयोगी रहनेछ।
कार्यक्रममा आज स्वपना सुमन ब्याण्डको प्रस्तुति रहेसँगै क्रमस गायक दीपक बज्राचार्य, गायिका इन्दिरा जोशी र अस्मिता अधिकारीलगायतकाे प्रस्तुती हुने आयोजकले जनाएको छ।