मन्त्री र नेताहरूले निजामती सेवा ऐन रोकेका छैनन्ः तिमिल्सिना

67

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय निजामती ऐनलाई छाता ऐन भनेर दुष्प्रचार गरिएको बताएका छन्।

संघीय संसद् सेवा दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीय संसद् सचिवालयका कर्मचारीले आफूलाई संघीय संसद् सचिावलयमै कैद गरियो भन्नेजस्ता भ्रम प्रचार गरिरहेको भन्दै त्यसो नगर्न आग्रह गरे।

उनले प्रदेशमा पठाउँदा नजाने र केन्द्रमै राख्दा कैद गरियो भन्नेजस्ता प्रचारबाजी गरेर संसद्को प्रतिभामा आँच आउने काम नगर्न अनुरोध गरे।

अध्यक्ष तिमिल्सिनाले संघीय निजामती ऐनलाई छाता ऐन भनेर प्रचार गरी अघि बढ्दा संघीय निजामती ऐन प्रभावकारी बन्न नसक्ने बताए।

उनले निजामती सेवा ऐन राजनीतिक दल र मन्त्रीहरूले मात्रै नरोकेको बताए। उनले निजामती सेवा ऐनभित्रका विशिष्ट अधिकृतका आफ्ना खालका स्वार्थका कारण निजामती सेवा ऐन रोकिएको बताए।