वीरगञ्ज महानगरपालिकामा निजी विद्यालयको वर्गीकरण

59

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले पहिलो पटक ५८ वटा निजी विद्यालयको स्तर तथा शुल्क निर्धारण गरेको छ । जसअनुसार महानगरभित्रका ६ वटा विद्यालय ‘क’ वर्गमा, २४ वटा ‘ख’ वर्गमा, २७ वटा ‘ग’ वर्गमा र एउटा विद्यालय ‘घ’ वर्गमा परेका छन् ।

महानगरमा १४८ निजी विद्यालयमध्ये ५८ वटाले मात्र स्तर निर्धारणका लागि निवेदन दिएका थिए । स्तर तथा शुल्क निर्धारणको प्रक्रियामा नआएका विद्यालय स्वतः ‘घ’ वर्गमा पर्नेछन् । महानगरले ती विद्यालयले कक्षा १ देखि १२ सम्म लिन पाउने न्यूनतम शुल्क पनि तोकेको छ ।

जस अनुसार ‘क’ वर्गका विद्यालयले नर्सरीमा मासिक शुल्क २ हजार ९३ रुपियाँ लिन पाउनेछन् ।महानगरले १ महिनाको मासिक पढाइ शुल्कभन्दा बढी धरौटी नलिन, २ महिनाको मासिक शुल्कभन्दा बढी वार्षिक शुल्क नलिन, दूरीको आधारमा सवारी भाडा तय गरेर लिन, अन्य शुल्क लिनुपर्दा अभिभावक भेलाबाट पारित गरेर मात्रै लिन निर्देशन दिएको छ ।