काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला हिंसाविरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताएकी छन्।
आइतबार नेपाल प्रेस युनियनले आयोजना गरेको ‘कार्यस्थलमा हुने लैंगिक हिंसा र न्यूनीकरणका उपाय’ विषयक अन्तरक्रियामा बोल्दै मन्त्री रेग्मीले महिला हिंसाविरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताएकी हुन्।
उनले अभियानको रुपमा बन्द कोठाभित्र कार्यक्रम गर्दा प्रभावकारी हुन नसकेको भन्दै उनले समाजलाई महिला हिंसाको सम्बन्धमा सचेत गराउनका लागि सडक र गाउँगाउँमा अभियान लिएर जानुपर्ने बताइन्।
उनले महिला हिंसा गाउँघरमा मात्रै नभइ सहरी क्षेत्रमा पनि उत्तिकै भएको बताइन्। मन्त्री रेग्मीले समाजलाई सचेत नगराइ महिला हिंसाको अन्त्य नहुने उल्लेख गरिन्। राजनीतिक दलहरुले पनि महिला हिंसाको विरुद्धमा अभियान नै सञ्चालन गर्नुपर्ने उनको भनाइ छ। राजनीतिक दलहरुले घोषणापत्रमा लेखेर र भाषण गरेर मात्रै नपुग्ने उनको भनाइ छ।