यस्तो छ तीन दिनको मौसम

30

काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।

मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

हाल मौसमको अवस्था (Present Weather Status)
प्रदेश १ को पहाडी भू-भागमा तथा उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

२०७९ मंसिर १९ गते (सोमबार)
दिउँसो: प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती: प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७९ मंसिर २० गते (मंगलबार)
दिउँसो: प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती: प्रदेश १, लुम्विनी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७९ मंसिर २१ गते (बुधबार)
दिउँसो: प्रदेश १, लुम्विनी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती: लुम्विनी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
तराई भू-भागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन अनुरोध छ ।