समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या

93

धनगढी । मंसिर ४ गते सम्पन्न प्रदेश सभाको निर्वाचनबाट महिला उम्मेदवार निर्वाचित हुन नसक्दा राजनीतिक दललाई समानुपातिकमा महिला छान्नु पर्ने बाध्यता भएको छ ।

समानुपातिकमा ३३ प्रतिशत महिला छान्नै पर्ने संवैधानिक बाध्यताका कारण समानुपातिक कोटाबाट संसदमा छिर्ने सपना बुनेका पुरुष आकांक्षीलाई भने सकस हुने देखिएको छ ।प्रदेशमा समानुपातिक कोटाबाट २१ जना प्रदेशसभा सदस्य छनौट हुने छन् । संवैधानिक व्यवस्थाअनुसार महिलालाई ३३ प्रतिशत कोटा निर्धारण गर्दा १७ जना महिलानै छनौट गर्नुपर्ने छ । सुदुरपश्चिम प्रदेशसभामा कुनै पनि दलबाट एक जना पनि महिला पनि निर्वाचित नभएपछि महिलाको कोटा पूरा गर्नु दलका लागि बाध्यकारी हुनेछ ।

सुदुरपश्चिम प्रदेश सभामा ५३ सदस्य छन् । संविधानले ३३ प्रतिशत महिला हुनु पर्ने बाध्यकारी व्यवस्था गरेको छ । यस व्यवस्थाअनुसार सुदुरपश्चिम प्रदेश सभामा कम्तिमा १७ महिला हुनु पर्ने हुन्छ । सुदुपश्चिम प्रदेशमा प्रदेश सभामा प्रत्यक्ष निर्वाचनबाट निर्वाचित भएर महिलाहरु आउन नसकेपछि सबै दलहरुले समानुपातिक सुचीबाट ३३ प्रतिशत महिला सहभागिता प्रदेश सभामा गराउनु पर्ने हुन्छ ।