दिपालाई ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’

58

काठमाडौं । यस वर्षको ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार दिपा दाहाललाई प्रदान गरिने भएको छ । विजयबाबु खत्रीको एघारौं स्मृति दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा नेपाल समाचार केन्द्र प्रा.लि.की अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले पत्रकार दाहाललाई पुरस्कृत गर्ने निर्णय भएको जानकारी दिइन् । पुरस्कारको राशि ३४ हजार रुपैयाँ छ ।

पत्रकार दाहालले २०६२ मा सुर्खेतको रेडियो भेरीबाट पत्रकारिता सुरू गरेकी हुन् । त्यसयता रेडियो कान्तिपुर, अन्नपूर्ण पोष्ट, देशसञ्चार अनलाइन, कान्तिपुर टीभी काम गरेकी उनी हाल उकालो डटकममा वरिष्ठ संवाददाताको रूपमा कार्यरत छिन् । आमसञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर गरेकी उनी विभिन्न पुरस्कारबाट पुरस्कृत छन् ।

पुरस्कार छनोटका लागि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, नेपाल समाचार केन्द्र प्रा.लि.की अध्यक्ष खत्री र नेपाल समाचार केन्द्रद्वारा सञ्चालित न्युजकारोबार डटकमका प्रधान सम्पादक सन्तोष आचार्यसहितको समिति गठन भएको थियो ।