महानगरपालिकाले मापदण्ड विपरीतका घर संरचनाहरु भत्काउने

23

चितवन। चितवनको भरतपुर महानगरपालिकाले मापदण्ड विपरीत बनेका घर संरचनाहरु भत्काउन ३५ दिने सूचना जारी गरेको छ ।

महानगरपालिकाले नगर क्षेत्र भित्र प्रचलित मापदण्ड बमोजिम नक्सा पास स्वीकृत गर्नुपर्नेमा सो नगरी बनेका घर, अस्थायी टहरा, पर्खाल लगायतका संरचना हटाउन महानगरपालिकाले सूचना जारी गरेको हो ।

महानगरले कतिपय क्षेत्रमा बनेका संरचनाहरु स्वीकृत नलिई बनेको जनाएको छ । महानगरपालिकाले सडक क्षेत्राधिकार मिचेर बनेका घर संरचना पनि भत्काउने जनाएको छ ।

नक्सा पास बिना अन्य प्रयोजनका लागि पसल, गोदाम, ट्रस, टहराहरु स्वीकृत नलिई बनेका ट्रस, पाली, टहरा, सडकबाट फुटपाथमा उक्लिन अवरुद्ध हुने गरी बनेका ढलाई लगायतका संरचना भत्काउने महानगरले जनाएको छ ।