Saturday, October 3, 2026
Home समाज महानगरपालिकाले मापदण्ड विपरीतका घर संरचनाहरु भत्काउने

महानगरपालिकाले मापदण्ड विपरीतका घर संरचनाहरु भत्काउने

29

चितवन। चितवनको भरतपुर महानगरपालिकाले मापदण्ड विपरीत बनेका घर संरचनाहरु भत्काउन ३५ दिने सूचना जारी गरेको छ ।

महानगरपालिकाले नगर क्षेत्र भित्र प्रचलित मापदण्ड बमोजिम नक्सा पास स्वीकृत गर्नुपर्नेमा सो नगरी बनेका घर, अस्थायी टहरा, पर्खाल लगायतका संरचना हटाउन महानगरपालिकाले सूचना जारी गरेको हो ।

महानगरले कतिपय क्षेत्रमा बनेका संरचनाहरु स्वीकृत नलिई बनेको जनाएको छ । महानगरपालिकाले सडक क्षेत्राधिकार मिचेर बनेका घर संरचना पनि भत्काउने जनाएको छ ।

नक्सा पास बिना अन्य प्रयोजनका लागि पसल, गोदाम, ट्रस, टहराहरु स्वीकृत नलिई बनेका ट्रस, पाली, टहरा, सडकबाट फुटपाथमा उक्लिन अवरुद्ध हुने गरी बनेका ढलाई लगायतका संरचना भत्काउने महानगरले जनाएको छ ।