थापाथलीका सुकुम्बासीले गरे महानगरपालिका घेराउ

42

काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेका भूमिहीन सुकुम्वासीलाई काठमाडौं महानगरपालिकाले बस्ती हटाउन गएको कारण आज मंगलबार भूमिहीनहरूले कार्यालय घेरेका छन् ।

महानगर कार्यालयअघि नाराबाजी गर्दै भूमिहीनहरू प्रदर्शनमा उत्रिएका हुन् ।  सुकुम्वासीहरूले  विरोध गर्दै तत्कालै भूमिहीन समस्या समाधान गर्न समेत उनीहरूले माग गरेका छन् ।

साेमबार बस्ती हटाउन गएका महानगरका कर्मचारी र स्थानीयबीच झडप भएकाे थियाे  । उक्त झडप हुँदा नगर प्रहरी बलका प्रमुखसहित ३६ जना प्रहरी घाइते भएका थिए  ।