काठमाडाैँ । हिंसापीडित बिनु यादव सर्वाेच्च अदालतकाे गेटैबाट पक्राउ परेकी छन्। मंगलबार बिहान सेताे सारीमा आएकी यादवले सर्वाेच्च अदालत लेखिएकाे बाेर्डमा राताे रंग फ्याँकेकी थिइन्। त्यसपछि उनी पक्राउ परेकी हुन्। प्रहरीले निषेधित क्षेत्रमा गएकाे भन्दै उनलाई पक्राउ गरेकाे हाे।
बिनुले काका ससूरा पवन कठायतले आफूमाथि बलात्कार प्रयास गरेको आरोप लगाएकी छन्। उनी आफ्नो श्रीमानबाट हिंसामा परेको भन्दै न्यायका लागि संघर्षरत छिन्। उनले केही समयअघि रामेछाप जिल्ला अदालतको इजलासमै विष सेवन गरेर आत्महत्या प्रयाससमेत गरेकी थिइन्। पक्राउ परेकी बिनुकाे घर सिरहा हाे।
बिनुको मुद्दा अहिले पाटन उच्च अदालतमा विचाराधीन छ। बिनुको उजुरीमा प्रहरीले प्रदीप कठायतलाई पक्राउ गरे पनि पछि रिहा गरेको थियो।
बिनुले श्रीमान कठायतबाट पनि आफू हिंसामा परेको तर राजनीतिक दवावका कारण मुद्दा दर्ता नगरिएको दावी गरेकी छन्।
प्रहरी, प्रशासन, अदालत र नेताको आडमा आफूलाई न्यायबाट वञ्चित गरेकाे आराेप उनले लगाउँदै आएकी छन्।