काठमाडाैं । मंगलबार नेपाली मुद्राको अधिमूल्यन भएको छ । अमेरिकी डलर कमजोर हुँदा नेपाली मुद्रा अधिमूल्यन भएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार मंगलबार अमेरिकी डलरको खरिद मूल्य १३० रुपैयाँ ३८ पैसा र बिक्री मूल्य १३० रुपैयाँ ९८ पैसा कायम भएको छ । सोमबार डलरको खरिद मूल्य १३० रुपैयाँ ४० ४० पैसा र बिक्री मूल्य १३१ रुपैयाँ थियो ।
युरोपियन युरोको खरिददर १३६ रुपैयाँ १८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८१ पैसा कायम भएको छ । अष्ट्रेलियन डलर खरिद ८७ रुपैयाँ ३२ पैसा र बिक्रीमा ८७ रुपैयाँ ७२ पैसा छ । क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४२ पैसा, सिंगापुरे डलरको खरिददर ९४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ३३ पैसा रहेको छ।