होटल बन्धक बनाएका ४ लडाकुकाे मृत्यु

14

एजेन्सी । सोमालियाको राजधानी मोगादिसुको एउटा होटलमा मुस्लिम समूह अल–शबाबका लडाकु र  सरकारी सुरक्षाकर्मीबीच भएको  हमलामा कम्तीमा चार जनाको मृत्यु भएको छ ।

मोगादिसुको कडा सुरक्षामा रहेको होटललाई बन्धक बनाएकामध्ये चार जना लडाकुको मृत्यु भएको हो । होटलमा केही बेर बन्दुक र ठूलो विस्फोटको आवाज सुनिएको थियो ।

‘बन्दुकधारीहरू भवनको एउटा कोठामा फसेका छन् र सुरक्षा बलहरू चाँडै नै घेराबन्दी अन्त्य गर्न लागेका छन ।  अहिलेसम्म हामीले चार जनाको मृत्यु भएको पुष्टि गरेका छौं’, सुरक्षा अधिकारी मोहम्मद दाहिरले भने ।

उक्त हमलामा सरकारी अधिकारीहरूसहित अन्य धेरै घाइते भएका उनले जानकारी दिए । बोन्डहेरे जिल्लामा दुईवटा ठूला विस्फोट र गोली चल्दा मानिसहरू घटनास्थलबाट भागेको प्रत्यक्षदर्शीहरुले बताए ।

उक्त होटल सोमालियाका राष्ट्रपति हसन शेख मोहम्मदको कार्यालयबाट केही ब्लकको दूरीमा रहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।