‍माेरङमा ११ स्थानमा सत्तारूढ गठबन्धनकाे जित

29

मोरङ । माेरङमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि सम्पन्न प्रत्यक्षतर्फको निर्वाचनमा सत्तारूढ गठबन्धनले ११ स्थानमा जित निकालेको छ। जिल्लामा रहेका ६ वटा निर्वाचन क्षेत्र र १२ वटा प्रदेशसभा सदस्यमा सत्तारूढ दल अन्तर्गत नेपाली कांग्रेसले ८ स्थान, नेकपा माओवादी केन्द्रले ३ स्थानमा जित निकालेको छ।

कांग्रेसले प्रतिनिधिसभामा ३ र प्रदेशसभामा ५ गरी ८ स्थानमा जित हासिल गरेको छ। दोस्रो स्थानमा रहेको नेकपा एमालेले प्रतिनिधिसभामा १ स्थान र प्रदेशसभामा ५ स्थान गरी ६ स्थानमा जित हासिल गर्‍याे।

एमालेसँग तालमेल गरेको जसपा भने मोरङमा शून्य अवस्थामा रहेको छ। त्यसैगरी, सत्तारूढ गठबन्धनबाट नेकपा माओवादीले प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ २ गरी कूल ३ सिट सुरक्षित गरेको छ।

प्रतिनिधिसभा सदस्यतर्फ एक स्थानमा भने स्वतन्त्र उम्मेदवारले जित निकालेसँगै १८ स्थानको समीकरण पूरा भएको छ।

यसअघि २०७४ सालको निर्वाचनमा एमाले र माओवादी गठबन्धनले ५ प्रतिनिधिसभा र ६ गरी कुल ११ स्थानमा जित निकालेको थियो।