निर्धारित मितिमै निर्वाचने हुने कमल थापाको भनाई

213

चैत २१,
पर्वत । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले वैशाख ३१ गते मुलुकभरि एकै चरणमा चुनाव हुने बताएका छन् ।
पर्वत सदरमुकाम कुश्माबजारमा आज बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री थापाले मुलुक चुनावमय भइसकेकाले अब कतै रोकिन्छ कि वा पछि सर्छ कि भनेर आशङ्का लिनुपर्ने ठाउँ नभएको प्रष्ट पारे । उनले सातवटै प्रदेशमा वैशाख ३१ गते एकै चरणमा चुनाव हुने बताए ।
मधेसवादीसँग समेत सहमतिको प्रयास अन्तिम चरणमा पुगेको बताउँदै मन्त्री थापाले स्थानीय तहको चुनाव राप्रपाको पहिलादेखिकै एजेन्डा भएको र स्थानीय तहको चुनाव गर्नकै लागि आफू सरकारमा आएको बताउँदै कतै चुनाव हुँदैन कि भनेर विचलित नहुन आग्रह गरे ।आगामी माघ ७ गतेभित्र तीनै तहको चुनाव गर्नुपर्ने संविधानलेनै व्यवस्था गरेको बताउँदै मन्त्री थापाले स्थानीय तहको चुनावपछि अन्य दुईवटा चुनाव गर्नका लागि पनि मार्ग प्रसस्त हुने बताए । उनले चुनावमा उम्मेदवार चयन गर्नुभन्दा अघि प्रत्येक नेपालीको घर घरमा पुग्न र जनताको माझमा राप्रपा भन्ने अभियानलाई सार्थकता दिन पनि कार्यकर्तालाई निर्देशन दिए ।