काठमाडाैं । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम आउनेक्रम अझै जारी छ। आइतबार बिहान साढे ९ बजेसम्म १६५ क्षेत्रमध्ये १५६ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ।
जसमा नेपाली कांग्रेसले सबैभन्दा बढी ५३ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ४१ स्थानमा जित हात पारेको छ।
माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थान, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ६ स्थानमा जित निकाल्दा लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जितेका छन्। नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित निकालेको छ।
नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १-१ सिट हासिल गरेका छन् भने स्वतन्त्र ५ सिटमा विजयी भएका छन्।
बाँकी रहेका ९ क्षेत्रमध्ये दोलखा, स्याङ्जा २ र बाजुराको मत भने गणना हुन बाँकी छ।
६ क्षेत्रको मतगणना जारी छ। जसमा नेपाली कांग्रेसले ३ ठाउँमा अग्रता लिएको छ भने एमालेले २ र राष्ट्रिय स्वतन्त्र पार्टीले १ स्थानमा अग्रता लिएको छ।
हेर्नुहोस् कहाँ कसको अग्रता
इलाम १
महेश बस्नेत (नेकपा एमाले)- २०३८५
झलनाथ खनाल (एकीकृत समाजवादी) -१८२०५
सुनसरी १
गोमा तामाङ (राष्ट्रिय स्वतन्त्र पार्टी) – १३११७
अशोककुमार राई (जनता समाजवादी पार्टी) – १२७०७
मुक्सामहाङ सुब्बा (माओवादी केन्द्र) – १०११६
सुनसरी ३
भगवती चौधरी (नेकपा एमाले) – १६००५
विजयकुमार गच्छदार (नेपाली कांग्रेस) – ११६९५
कमल बाबु मैनाली (राष्ट्रिय स्वतन्त्र पार्टी) – ५२८६
सुनसरी ४
ज्ञानेन्द्र बहादुर कार्की (नेपाली कांग्रेस) – २३४३९
जगदिश प्रसाद कुसियैत (नेकपा एमाले) – २३३४१
जिवन कुमार श्रेष्ठ (राष्ट्रिय स्वतन्त्र पार्टी) -२८५२
उदयपुर १
नारायण खड्का (नेपाली कांग्रेस) – २१८३३
मञ्जु चौधरी (नेकपा एमाले) – २०१२०
धनुषा ४
महेन्द्र यादव (नेपाली कांग्रेस) – २१२२४
रघुबीर महासेठ (नेकपा एमाले) – २०२०३
महाजन यादव (जनता समाजवादी पार्टी) -४६०८