काठमाडौं । नेकपा एमाले हालसम्म १५ निर्वाचन क्षेत्रमा विजयी भएको छ। प्रतिनिधिसभातर्फ ६५ क्षेत्रको परिणाम सार्वजनिक हुँदा एमालेले १५ सिट जितेको हो। कांग्रेस २५ जितिसकेको छ भने १५ सिट जितेर अहिलेसम्म एमाले दोस्रो दल बनेको छ। कांग्रेससँग गठबन्धन गरेको माओवादी केन्द्रले ७ सिट जितेको छ भने एकीकृत समाजवादीले ६ सिट जितेको छ। रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले भने अहिलेसम्म ४ सिट जितेको छ।
एमालेका विजयी १५ उम्मेदवार
-
केपी ओली, झापा-५
-
योगेश भट्टराई, ताप्लेजुङ
-
प्रेमबहादुर महर्जन, ललितपुर-२
-
कृष्णगोपाल श्रेष्ठ, काठमाडौं-९
-
गोकर्ण विष्ट, गुल्मी-२
-
सूर्य थापा, प्यूठान
-
डम्बरबहादुर रायमाझी, उदयपुर-२
-
देवराज घिमिरे, झापा-२
-
राजकुमार गुप्ता, पर्सा-३
-
टोपबहादुर रायमाझी, अर्घाखाँची
-
पृथ्वीसुब्बा गुरूङ, लमजुङ
-
महेशकुमार बर्तौला, मकवानपुर-२
-
विद्या भट्टराई, कास्की-२
-
वासुदेव घिमिरे, रूपन्देही-५
-
पदम गिरी, पर्वत