रुपन्देही-१ मा एमालेका छविलालकाे अग्रता

59

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार छविलाल विश्‍वकर्माले अग्रता लिएका छन् । दोस्रोमा स्वतन्त्र उम्‍मेदवार घनश्‍याम भूसाल छन् ।

एमालेका विश्वकर्माले २ हजार ५ सय ४२ मत पाएका छन् भने घनश्‍याम भूसालले १ हजार ९६४ मत पाएका छन् ।

यस्तै नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीले १ हजार ८ सय ७७ मत ल्याएका छन् भने जनमत पार्टीका कैलाश गुरूङले १ हजार ३२० मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नरबहादुर पछाइले ९५६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।