गण्डकी । कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । जारी मतगणनामा सो पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवप्रसाद कँडेल तीन हजार पाँच सय ४७ मतसहित अगाडि छन् । उनलाई नेकपा (एमाले) का विद्या भट्टराईले तीन हजार तीन सय ९८ मत सहित पछ्याएका छन् ।
नेकपा (एकीकृत समाजवादी) का श्रीनाथ बरालले एक हजार नौ सय ७४ मत ल्याएक छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवर्णराज पन्तले एक हजार तीन सय ४७ मत ल्याएका छन् ।














