बाँके । बाँके क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार सूर्यप्रसाद ढकालले अग्रता कायम राखेका छन् । उनलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले पछ्याइरहेका छन् ।
निर्वाचन आयोगको मत विवरण अनुसार एमाले उम्मेदवार ढकालले ५ हजार ५६९ र मन्त्री गहतराजले ४५६७ मत पाएका छन् । तेस्रो स्थानमा रहेका नागरिक उन्मुक्ति पार्टीका सुरेश कुमार चौधरीले २ हजार ३१९ मत पाएका छन् ।