पर्सा । वीरगञ्ज-पर्सा क्षेत्र नम्बर १ मा जसपाले अग्रता कायम राखेको छ।
जारी मतगणना अनुसार एमाले-जसपा गठबन्धनका उमेदवार जसपाका नेता प्रदीप यादवले ५ हजार ९८० मत प्राप्त गरेका छन्।
यादवलाई स्वतन्त्र उम्मेदवार अजय द्विबेदीले ४५०२ मतका साथ पछ्याउँदै छन्। यादव द्विबेदीभन्दा १ हजार ४७८ मतले अघि छन्।
यस्तै, यो क्षेत्रमा पाँचदलीय गठबन्धनका उम्मेदवार लक्ष्मणलाल कर्णले २८९ मत पाएका छन्। राप्रपा किरण मान डँगोलले ६४८ मत ल्याएका छन्।














