महोत्तरी १ मा गिरिराजमणि परे पछाडि

91

जनकपुरधाम । महोत्तरी निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका लक्ष्मी महतोले अग्रता लिएका छन्।

सुरुवाती समयमा पछाडि परेका महतो ३ हजार ४०८ सहित पहिलो स्थानमा रहेका छन्।

यस्तै, नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेल २ हजार ४८१ मतसहित दोस्रो स्थानमा रहेका छन्।

२०७४ को निर्वाचनमा पोखरेल निर्वाचित भएका थिए भने महतो निकटतम प्रतिद्वन्दी बनेका थिए । हाल यस क्षेत्रमा मतगणना जारी छ।