काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ अन्तर्गत प्रदेशसभा (क) मा नेपाली कांग्रेसकी हरिप्रभा खड्गीले अग्रता कायमै राखेकी छन् । उनले १ हजार ८७२ मत ल्याएकी छन् ।
उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतसागर महर्जनले पछ्याइरहेका छन् । उनले १ हजार ६८५ मत ल्याउँदा नेकपा एमालेका निरेशलाल सिंह महर्जनले १ हजार ४४० मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रका रविन्द्रप्रसाद श्रेष्ठले ४२२ मत ल्याएका छन् ।














