Thursday, October 1, 2026
Home समाचार पुलबाट खसेर एक जनाको मृत्यु

पुलबाट खसेर एक जनाको मृत्यु

36

झापा । झापाको मेचीनगरमा पुलबाट खसेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बुद्धशान्ति–५ का ४५ वर्षीय होमबहादुर पोखरेल रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताएका छन्।

दोकानडाँडाबाट पूर्व मेचीनगर–३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट झरेर साइकलयात्री पोखरेलको गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ।