आज बीमा समिति बीमा प्राधिकरणमा रूपान्तरण

70

काठमाडाैँ । बीमा व्यवसायको नियमन गर्दै आएको बीमा समिति मंगलबारबाट बीमा प्राधिकरणमा रूपान्तरण भएको छ।

बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण काम-कारबाही प्राधिकरणमा रूपान्तरण भएको हो।

भदौ अन्तिममा संघीय संसदबाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको थियाे।

राष्ट्रपतिबाट प्रमाणीकरण भएको १ महिनामा लागू हुने कानुनी प्रावधानअनुसार बीमा ऐन मंगलवारबाट लागू हुँदैछ।

मंगलबार नै समिति प्राधिकरणमा रूपान्तरण भएको औपचारिक घोषणा हुँदैछ।