काठमाडौँ । महालक्ष्मी विकास बैंकले हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्टसँग सहकार्यका लागि विभिन्न विषयमा सम्झौता गरेको छ।
हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजमा आयोजित एक कार्यक्रमका बीच सम्झौता पत्रमा कलेजका तर्फबाट प्रिन्सिपल तोयनाथ पौडेल र बैंकका तर्फबाट मानव संसाधन विभागका प्रमुख विशाल राज कार्कीले हस्ताक्षर गरेका छन्।
त्यसैगरी शुभश्री कलेज अफ म्यानेजमेन्ट कलेजका तर्फबाट प्रिन्सिपल मनिता ओली र बैंकका तर्फबाट मानव संशाधन विभागका प्रमुख कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
उक्त सम्झौतापश्चात बैंकले कलेजका विद्यार्थीहरुका लागि Internship Opportunity, Job Fair Program, Banking Awareness Program, Guest Lecture Visit लगायत अन्य कार्यक्रमहरु प्रदान गर्ने जनाएको छ।