वीरगञ्ज । टिपरले विद्युतकाे लाइन चुडाउँदा करेन्ट लागेर सोमबार वीरगञ्जमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
करेन्ट लागेर पर्साको बहुदरमाई नगरपालिका- ४ बहुअरी पिडरी बस्ने ४५ वर्षीय नागेन्द्रप्रसाद यादवको मृत्यु भएको र वीरगञ्ज-३२ चोर्नी बस्ने १९ वर्षीय सिकेन्द्रप्रसाद यादव घाइते भएको प्रहरीले जनाएको छ ।
बिहान १० बजेको समयमा वीरगञ्ज महानगरपालिका- २२ स्थित ड्राईपोर्ट परवानीपुर सडक खण्डमा ना ८ ख ३८४९ नम्बको टिफरले माटो खसाली ब्याक गर्ने क्रममा विद्युत् टिपरले छाेएर तार चुडिँदा ड्राइपोट्रबाट परवानिपुरतर्फ जाँदै गरेको ना ४६ प ५५४२ नम्बरको मोटरसाइकलमा सवार दुवै जना घाइते भएका थिए ।
घाइतेमध्ये नागेन्द्रको बाटोमा नै मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता दिपक गिरीले जानकारी दिए ।
सिकेन्द्रको अवस्था समान्य रहेको तथा फरार रहेका टिपर चालकको खोजी भइरहेको गिरीले बताए ।