भक्तपुर । नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र नं.२ का उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । सो क्षेत्रका प्रतिधिनि सभाका उम्मेदवार महेश बस्नेत, (क) का किरण थापा मगर र (ख)का चंन्दनकृष्ण श्रेष्ठ घरदैलोमा गर्न व्यस्त छन् । मध्यपुर र सूर्यविनायक नगरपालिका २ नं. क्षेत्रमा पर्दछ । शुक्रबार सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटार तथा मध्यपुर नगरपालिका वडा नं. ६ मा एमालेका उम्मेदवारहरुको घरदैलो कार्यक्रम आयोजना गरिएको थियो । उक्त क्रममा दुवै क्षेत्रमा करिव एक/एक दर्जन जेष्ठ नागरिकले ‘बुढेसकालको साहारा एमाले हो, एमाले हाम्रो जीवनको साहारा हो । हाम्रो लागि प्राणभन्दा प्यारो छ । त्यसैले हाम्रो भोट सूर्यलाई नै हो । अरु चिन्हमा त हाम्रो हात नै लाग्दैन, भनेका थिए ।
यसै क्रममा एमालेले शुरु गरेको जेष्ठ नागरिकलाई दिईने भत्ता बृद्धबृद्धाको जीवन साहारा बनेको छ । रु एक सयबाट मनमोहन अधिकारीले सुरु भएको उक्त भत्ता अहिले रु चार हजार पुगेको छ । जसले बुढेसकालको जीवनयापन गर्न महत्वपूर्ण सहयोगी बनेको जेष्ठ नागरिकहरुले बताए । यसैले गर्दा नै आम भक्तपुरका बृद्धबृद्धाको भोट सूर्यलाई दिने उहाँहरुको भनाई रहेको छ । ‘हाम्रो भोट त इट्टा भट्टामा पोल्नेलाई हैन, वृद्धभत्ता दिनेलाई हो । त्यो भनेको सूर्य हो । चन्द्रमायाँ श्रेष्ठले उत्साहित हुदैं भन्नुभयो, ‘जीत निश्चित छ, राम्रो काम गर्नु । भक्तपुरले रोजेको, आम बृद्धबृद्धा, युवा, महिला तथा वालबालिकाले खोजेको नेता बन्नु । हाम्रो ठाउँको विकासले पुरै नेपाललाई चिनाउनु । हाम्रो मन मस्तिष्कमा महेश बस्नेत, किरण थापा र चन्दनकृष्ण श्रेष्ठ नै हुनुहुन्छ ।’ बृद्धबृद्धाको उत्साहजनक आवाजलाई आत्मसात् गर्दै एमालेका उम्मेदवारहरुले आम भक्तपुरवासीको साथ र सहयोग आफ्नो लागि पाँच वर्ष सेवा गर्ने ठूलो जिम्मेवारी रहने बताएका छन् ।
घरदैलो कार्यक्रममा एमाले केन्द्रीय सदस्य निर्मल भट्टराई, बागमती प्रदेशका सदस्य शसी जंग थापा, मदनसुन्दर श्रेष्ठ, राजेन्द्र राजथला, जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष बाशुदेव थापा, एमाले समानुपातिक उम्मेदवार सकुन्तला श्रेष्ठ, अनेमसंघ भक्तपुरको अध्यक्ष उत्तरा नेपाललगायका नेता तथा कार्यकर्ताको साथमा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो । जिल्लाको क्षेत्र नं २ अन्तरगत एमालेका उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तिव्र रुपमा अगाडी बढाएका छन् । यस क्रममा जनताको गुनासो र त्यसको समाधानको पर्ने प्रतिवद्धता समेत गरेका छन् ।