भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोटकी एक महिला परिवारसंग सम्पर्क विहिन भएकी छिन् । ४३ वर्षकी सञ्चमाया थोकर यहीँ कात्तिक १ गते बिहान घरबाट हिडेकी थिइन् । उनका श्रीमान चन्द्रबहादुर तामाङले भने, माइतीमा भएको जग्गा हेर्ने मानिस आएको छ, मलाई फोन आयो भनेर गएको हो । श्रीमती घरबाट हिडेँको तीन दिनपछि उनले बोकेको मोवाइलमा फोन गर्दा अफ भएपछि आफु त्रसित भएको चन्द्रबहादुरले बताए ।
मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका फाखेल गाउँ माइती घर र आफन्त सबैकोमा बुझिसकेपनि श्रीमती पत्ता नलागेको चन्द्रबहादुरले बताए । आफुले श्रीमतीको खोजी गरिदिन जिल्ला प्रहरी परिसर भक्तपुरमा निवेदन दिएको उनले बताए । कोही कसैले तस्विरमा उल्लेखित महिला देखेमा नजिकैको प्रहरी कार्यालयमा र परिवारको सम्पर्क न. ९८४८७७७८२९ मा खबर गरिदिनुहुन चन्द्रबहादुरले आग्रह गरेका छन् ।