✍️ कौशिक ज्योतिष सेवा (ज्यो• अनिल पुडासैनी)
१) के रावण राक्षस, दानव कुलका हुन् त?
२) रावण कुन कुलका हुन् ?
३) रावणले किन सीता माता लाई अपहरण गरेका थिय?
४) रावणको परिवरिक बिर्तान्त के थियो?
५) रावण कसरी सक्तिशाली भय?
~~~~~~~~~~~~~~~~~~
जानकारिको लागि अवश्य अध्यन गर्नु होस् र आफ्नो बिचार को साथै उचित लागे शेर गरेर आफ्नो प्रफाईलमा सुरक्षित राख्नुहोस।
~~~~~~~~~~~~~~~~~~~~~
रावण को एक अर्थ रुदन पनि हो। रावण ब्राह्मजि को बशज थिय। जिजुबुबा महर्षि पुलस्त्य ब्राह्मजि को नै पुत्र थिय। हजुरबुबा राजर्षि तृणबिन्दु को पुत्र थिय। पिता विश्रवा यिनैका सन्तान थिय। गर्वमा नै पिता बाट वेदको श्रावण गराउनुको कारण यनि विश्रवा को नामले परिचित भए।
रावणको चारवटा आमा थिए, देववर्णिनी, कैकसी, राखा, मालिनी। देवर्णिनी महर्षि भारद्राजको पुत्री थिइन्। यिनी बाटनै भाई कुबेरको जन्म भएको थियोे। हजुरबुबाले कुबेरको जन्म समयमा नै घोषण गर्नु भएको थियो यो शिशु अगाडि गएर धनध्यक्ष हुनेछ। नामाकरण सस्कारमा कुबेरको नाम वैश्रवण राखियो। उनीलेनि आफ्नो तपस्या ले ब्राह्मजिको खुशी बनाउनु भयको थियो। ब्राह्मजि को वरदान ले नै उनी लोकपालको पद प्राप्त भयो। यम, इन्द्र र वरुण जस्तै यिनि पनी लोकपालले चिनिए। ब्राह्मले नै वैश्रवणको पुष्पक विमान प्रदान गर्नु भएको थियो। रावणको पिताले वैश्रवण को लन्काको बिषयमा बताउनुभयको थियो। त्रिकृट पर्वत मा लन्कापुरी को निर्माण विश्वकर्मा ले राक्षसको लागि बनायका थिय। भगवान बिष्णुको डरको कारण सम्पुर्ण राक्षस रसातलमा गयका थिय। त्यसैले लन्का शून्य थियो। कुवेरले लन्कामा निवास गर्न सुरुगर्नु भयो। उनिले निवास सुरु गरेपछि यक्ष पनि त्यही पुगे श्रावण को राजा मानकर पनि यहाँ निवास गर्न थाले।
खर-दृषण रावणको तृतीय आमा राखाको पुत्र थिय। यनि धेरै प्रराक्रमी थिए । उनलाई १४००० राक्षस सेना दिएर डन्डकारण्य क्षेत्रको अधिपति बनाइदिएको थियो। त्यहा उनी भगवान श्रीराम को हात बाट मारिए।
माता कैकसी बाट रावणको जन्म भएको थियो। कुम्भकर्ण, विभिषण र शृर्पणखा को पनि माता कैकसी कै कोख बाट भएको थियो। हजुरबुबा सुमाली राक्षसराज सुकेशको पुत्र थिय। तर हजुरबुबा सुकेशले नै प्रथम पटक राक्षस साम्राज्यको स्थापना गर्नुभएको थियो। उनको तीन पुत्र थिय, माल्यवान, हजुरबुबा सुमाली र माली। भगवान् बिष्णुले स्वयं एक युद्धमा जिजुहजुरबुबा राक्षसराज सुकेशको हत्या गर्नु को साथै हजुरबुबा सहित राक्षसको प्ररास्त गर्नु भएको थियो।
उनको भयको कारण सम्पुर्ण राक्षस पाताल गएका थिय।
रावणको तिनै भाईले ब्राह्मको तपस्या दीर्घकाल सम्म गरेर प्रसन्न गरेका थिए। कुम्भकर्ण ले १००००वर्ष सम्म चिसो मौसममा पानीमा बसेर गर्मी मौसममा आगो र मध्य गर्मीमा बसेर र वर्षा मौसममा पानीमा भिजेर तपस्या गरेका थिय। विभिषण ले ५०००वर्षा सम्म एउटा खुट्टा मा र ५०००वर्षा दुबै हात शिरमाथि उठाएर तपस्या गरेका थिए। जब रावण दशौ शिर यज्ञ कुण्डमा होम्दै थिए ब्राह्म उनको तपस्या बाट प्रसन्न भै प्रकट भएर वर माग्नको लागि भन्नू भयो। तब रावणले गरुड, नाग, यक्ष, दैत्य, दानव, राक्षस र देवता भन्दा अवध्य(सक्तिशाली) हुने वर मग्नु भयो। ब्राह्मले यो वर प्रदान ता गर्नु नै भयो यस्को साथै अरु दुई वर पनि खुशी भयर दिनु भयो। ई दुई वरमा प्रथम वरमा पुनः दशानन बनानु भयो र दुतिया वर बाट यस्तो शक्ति प्रप्त गर्नुभयो। जस्को कारण आफ्नु ईच्छानुसार रुप धारण गर्ने सक्ने। रावणको वर दिए पश्चात् ब्राह्मजि ले विभिषण को वर माग्न भनु भयो। विभिषणले धर्ममा अनुरक्ती र ब्राह्मस्त्रको वर माग्नु भयो। ब्राह्मले यो वर ता दिनुनै भयो साथै अमर रहनेको वर पनि दिनु भयो।
अब कुम्भकर्ण को पालो थियो। कुम्भकर्ण महाकाय र महोदर थिए। उनिलाई धेरै भुक लाग्दथियो जब उनिलाई भुक लाग्दथियो। उ प्रजालाईनै खानुहुन्थो। उनले नन्दनवनको ७अप्सरा, देवराज इन्द्रको अनुचरो,धेरै ऋषि तथा मनुष्य को खानुभयको थियो। त्यसैले ब्राह्मबाट वर मिल्नलगेको सुनेर देवता हरु सारै चिन्तित भएका थिए। यहि ब्राह्मजि ले त्यही वर दिए भने उसले पृथ्वी मा कसैलाई बाकी राख्ने छैन। जब वर माग्नेको समय आयो त्यतिखेर कुम्भकर्ण को आत्मामा सरस्वती ले वास गर्नु भयो। त्यसै कारण कुम्भकर्णले वर माग्दा इन्द्रासनको ठाँउमा निन्द्रासन माग्नु भयो। फल स्वरुप ६महिना सम्म सुत्ने त्यसपछि १दिन भोजनको लागि उठ्ने फेरि पुनः ६महिना सुत्ने गर्दथिए। रामको विरुद्ध युद्धको लागि जब रावणले उसलाई उठाउनु भयो तब उ उठ्दा २००० मद्का मदिरा पिएको थिय। यहीँबाट थाहा हुन्छ उनिको भोजनको अन्दाजा।
ब्राह्मको वर पाएको खबर सुनेपछि सबै राक्षस अभय भयर पाताल बाट फर्किए। तब रावणले कुबेर संघ राक्षसको नगरी लन्का फिर्ता लिनुभयो। राक्षसले रावणलाई राजा बनाए। यश प्रकार रावण लन्केश्रर भनुभयो।
रावणको विवाह मयासुरको पुत्री मन्दोदरी संग भयो। उनिले मेघनाद र अक्षय कुमार जस्तो बलि पुत्रको जन्म दिनुभयो। मेघनादले जन्मलिदा जब उ रोयो यस्थो लागो कि धेरै भन्दा धेरै मेघ गर्जेको जस्तो आवाज आयो त्यसैले रावणले उस्को नाम मेघनाद राखदिए। आफ्नो बहिनी शुर्पणखाको बिवाह दानवराज विद्युज्जिह संग गराउनु भयो। उनी कालका पुत्र थिय।
कुम्भकर्णको विवाह वज्रज्वाला संग भयको थियो। इनि विरोचन कुमार बजिको दौहित्री थिइन। उनलाई कुम्भ र निकुम्भ नामको दुई पुत्र प्रप्त भयो। यनि गन्धर्व राज शैलुषको पुत्र थिय।
रावणले तिनै लोकको बिजय हुने अभियान आरम्भ गर्नु भयो। यसको लागि चारै दिक्पालको बिजय गर्न अनिवार्य थियो। सबै भन्दा पहिला उतर दिशाको अधिपति किवेरको अलकापुरिमा आक्रमण गरेर कुबेरको परास्त गर्नु भयो। फेरि दक्षिण दिशाको यम्पुरी पुग्नुभयो। त्यहाँ यमराज र उसको सेनालाई परास्त गर्नु भयो। त्यसपछि रावण पातालमा नागराजा वासुकी को भोगतपुरिमा पुग्नुभयो। त्यहा उहाँले नागलाई आफ्नो वशमा गर्नु भयो। मणिमयी पुरीमा निवातकवछ नामको दैत्य विभुषित थियो।
भोगतिको वाद उहाँले मणिमयी पुरी मा आक्रमण गर्नुभयो। निवातकचवो संग एक वर्ष भन्दा धेरै लडाइँ भयो। परन्तु ब्राह्मको वरको कारण रावणले निवातकचवो संग मित्र गर्नु भयो। उनिसग रावणले १०० प्रकार को मायाको ज्ञान प्राप्त गर्नु भयो। फेरि रावण अश्मनगर पुग्नुभयो। त्यहाँ कालकेय नामको दानव निवास गर्दथिए। उनिसग घोर सङ्ह्राम भयो। रावणले सबैमा बिजय प्राप्त गर्नु भयो तर त्यही लडाइँमा एउटा दु:खद कुरा रावणको बैनी शुर्पाणखको पति विद्युज्जिह पनि मारिनु भयो।
अश्मको वाद रावण वरुणपुरी पुग्नु भयो। त्यहा वरुण नभएको मौकामा वरुणपुत्र र सेनालाई पनि परास्त गर्नु भयो। वरुणपुरिको पश्चात रावणले इन्द्रलोक मा आक्रमण गर्नु भयो। यो लडाइँमा मेघनादको पराक्रम बढ-चढ्कर थियो। उसले इन्द्रलाई बन्दी बनायो। यसप्रकार त्रिलोकमा बिजय को अभियान पूरा भयो। ब्राह्मले मेघनादलाई इन्द्रजित को उपाधी दिनुको सथै उसलाई यज्ञ द्रारा एक यस्तो युद्ध रथ को प्राप्त गर्नेको वर दिनु भयो जस्को प्रयोग बाट अजेय हुन्थो। राम सगको लडाइँमा निकुम्भिला मन्दिर मा यहि यज्ञको सम्पन्न गरि रहेको थियो। जसलाई विभिषणको परामर्शले वानर सेनाले यज्ञ पूरा हुन दिएनन्। यदि यो यज्ञ पूरा भयको भय मेघनादलाई परास्त गर्ने कसैको वस मा थिएन। यो वर को बदलामा मेघनादले ब्राह्मलाई इन्द्र फिर्ता दिएका थिय।
रावणपुत्र मेघनाद सग निकुम्भिला थियो जस्मा प्रतिदिन एक दिब्य रथ अर्थात एक लडाकु विमान निर्माण हुन्थो। मेघनाद सग यस्तो बिचित्र विमान पनि थियो। जुन आखाले नदेख्ने तर विसालु धुवा फ्याक्ने र तल जमिन मा आएर बमबारी पनि गर्दथो।
लन्काको द्रारमा “दारु पन्च अस्त्र” स्थापना थियो जस्को अविस्कार शुक्राचार्य भार्गवले गर्नु भएको थियो। जस्लाई “रुद्र किर्तिमुख” को नाम दिईएको थियो। यश यंत्र को विशेषता सत्रुको गतिविधि उस्को पूरा चित्र यो यन्त्रमा आउदथियो। र यस्को मुखमा अग्निगोला निक्लन्थो र सत्रुको सन्हार गर्दथियो। यो सम्भवत यन्त्रमानव थियो।
रामले वैण्णव चापमा आग्नेयास्त्र र प्रक्षेपास्त्र चलाउनु भएको थियो। यो अस्त्र भयंकर विस्फोटक को साथ शत्रुको नाश गर्दथियो। रामको अग्निविशले एक विशिष्ट काच दियका थियो त्यो सम्भवत दुरबिन हुनुप्रछ। यसैको साहेताले रामले लन्काको द्रारमा लगाईएको “दारुपन्च अस्त्र” को देखेर प्रक्षेपास्त्र छोडेर नस्ट गर्नु भएको थियो।
रावणको अन्त्य जब अगस्त्यका ब्राह्मस्त्रले गर्न सक्नु भएन तब रामले रावणलाई ब्राह्मद्रारा आविष्कृत ब्राह्मस्त्र छोडनु भयो जुन धेरै शक्तिशाली थियो। यस्ले रावणको शरीरको अनेक टुक्राटुक्रा भयो र मृत्यु भयको थियो।
रावणले भगवती स्वरूप माता सिताको अपहरण गरेर घोर पाप गरेका थिय। यस्को मतलब रावणलाई दशरथ नदन रामको रुपमा स्वयम भगवान को नचिनेको हैन।सबै जान्दा जान्दै पनि रावणले यो परिवारिक मुक्क्षको लागि सीता माताको अपहरण एक योजनाबद्ध कर्य थियो। खरदृषणको वधको सथै रावणलाई यो निश्चित भयको थियोकी दशरथ नन्दनको रुपमा भगवान् बिष्णुले अवतार लिनिभयको हो किनकी खरदृषणको भगवान को अलवा अरु कोहि नै मार्न सक्दथियो। तब रावणले यो निश्चित गर्नुभयोकी मेरो र मेरो परिवारको जन्म-जन्मान्तरको पापको मुक्ती केवल एकि प्रकार बाट हुनसक्छ त्यो हो भगवानको हातबाट मर्नु । त्यस पश्चात् माता सिताको अपहरण र भगवान सग युद्ध एक प्रकारको योजनाबद्ध मोक्क्षको बाटो मात्र थियो।
रावणको जिवनकार्य यसप्रकार थियो।
निष्क्रश: रावण अशुर राक्षस हैनकी ब्राह्मण कुलका बेद ज्ञाता थिय।
कृपया सेयर गर्नुहोस् तर अनुमति बिना कपि नगरिदिनुहोला। धन्यवाद
(रावण सहिता, रावणको वास्तविक जिवनी)
कौशिक ज्योतिष सेवा (ज्योतिष अनिल पुडासैनी)