काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ।
जसअनुसार अदुवाको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, अनार ४२५ रुपैयाँ, अमला, लौका र घिरौला प्रतिकेजी ७५ रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ९२ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ४३ रुपैयाँ, ३३ पैसा, इमली १४५ रुपैयाँ, उखु प्रति वटा ८५ रुपैयाँ, काउली स्थानीय ८६ रुपैयाँ ६७ पैसा, कागती १६० रुपैयाँ, सुकेको खुर्सानी ४१० रुपैयाँ, गुन्द्रुक ३२५ रुपैयाँ, तोरीको साग र नेपाली ठूलो गोलभेँडा ८५ रुपैयाँ, चमसूरको साग २७५ रुपैयाँ, कन्य च्याउ ९० रुपैयाँ र डल्ले च्याउ ४५० रुपैयाँ रहेको छ ।