काठमाडौँ । नेकपा एमालेकोतर्फबाट काठमाडौँ- ६ का प्रतिनिधिसभा उम्मेदवार सर्वेन्द्र खनालले आफूले उम्मेदवारी दिएकाे साे क्षेत्रलाई नमूना बनाउने बताएका छन् ।
शुक्रबार बिहान वडा नम्बर २६ मा भएको मतदातासँगको अन्तरक्रिया कार्यक्रममा बाेल्दै उनले काठमाडौँ -६ लाई नमूना बनाउने बताएका हुन् ।
‘यत्तिका समय प्रहरीमा रहेर देश र जनताको सेवा गरे । अब तपाईँहरू प्रतिनिधि भएर सेवा गर्ने मौका दिनुहोस् ।’ उनले भने,’प्रतिनिधिसभामा तपाईँहरूको शीर उचो बनाउने छु । यहाँका समस्या समाधानको लागि सार्थक पहल गर्नेछु ।’
कार्यक्रममा प्रदेशसभा सदस्य उम्मेदवार निरेशलाई सिंहले एमालेले जनतालाई सदैव माथी राखेको र काठमाडौँको विकास केपि शर्मा ओली नेतृत्वको सरकारले उचाइमा पुर्याएको बताएका छन् । खनाल दिनहुँ मतदातासँग अन्तरक्रिया र भेटघाट गरिरहेका छन् ।