काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको मन्थलीस्थित खानेपानी तथा सरसफाइ डिभिजन नं.४ का इन्जिनियर नवराज सत्यालसहित दुई जनालाई २८ लाख घुससहित पक्राउ गरेको छ। अख्तियारको कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई मन्थलीस्थित इन्जिनियर निवासबाट आज पक्राउ गरेको हो।
घुससहित पक्राउ परेकामा सत्याल र सोही कार्यालयमा करारमा कार्यरत पलम्बर बखत बहादुर थापा रहेका छन्। उनीहरुलाई सेवाग्राहीबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले आज एक विज्ञप्ति जारी गरी जनाएको छ।














