काग तिहारका दिन ‘आलु पार्टी’

61

काठमाडौँ । तिहारको अवसरमा नियमित आयोजना हुँदै आएको हाँस्य व्यंग्यात्मक कार्यक्रम ‘आलु पार्टी’ यस वर्षकाे काग तिहार कार्तिक ६ गतेमा पनि सञ्चालन हुने भएको छ ।

विगत ४५ वर्षदेखि निरन्तर रुपमा आयोजना गरिँदै आएको कार्यक्रम साे कार्यक्रम काेराेना महामारिकाे समयमा पनि राेकिएन । साे समयमा अनलाइनमार्फत कार्यक्रम गरिएकाे थियाे ।

यसपालिकाे कार्यक्रम जावलाखेलस्थित साहित्यकार रामकुमार पाडेकाे घरमा भाैतिक उपस्थितिमै गर्न लागिएकाे हाे । विसं २०३४ सालदेखि तत्कालीन चर्चित हाँस्य व्यङ्गकार राम कुमार पाँडे, बाशुदेव लुइँटेल, टेकबहादुर मुखिया, दाताराम शर्मा, बाशुदेव रिमाल ‘यात्री’ लगायतका साहित्यकारहरूको अगुवाइमा सुरु साे कार्यक्रम गरिएको थियाे ।

आलुकै प्रतिमा बनाइ प्रतिकात्मक रुपमा विभिन्न उपमा दिइ आलुका परिकार सहित हाँस्य व्यङ्गात्मक प्रस्तुतीहरूका साथ प्रत्येक वर्ष काग तिहारका दिन जावलाखेलस्थित पाँडे प्याराडाइजमा मानाइँदै आइएकाे र यसपालि पनि साेही तरिकाले मनाउने तयारी रहेकाे आयाेजक कमिटि सदस्य साहित्यकार डा. मित्रबन्धु पाैडेलले जानकारी दिए । उनका अनुसार कार्यक्रममा प्राय: सबै हास्य कलाकारहरु उपस्थित हुनेछन् ।