को हुन् काङ्ग्रेस उम्मेदवार बिष्णुराज कार्की ?

189

भक्तपुर ।  बाल्यकालदेखि नै राजनीतिक पारिवारिक पृष्ठभूमिमा हुर्केको नाम हो विष्णुराज कार्की । परिवारका सदस्यहरुले आफू बाल्यकाल रहदा खेरि देखि गरेको त्यो राजनीतिक गतिविधि , देश र जनताका लागि परिवारका सदस्यहरुले भोगेका ती जेलनेलको प्रभाव विष्णुराज कार्कीमा बाल्यकालदेखि नै रहेको हामी पाउँछौ। जसको परिणाम  कार्कीलाई बाल्यकाल देखि नै राजनीतिप्रति गहिरो छाप पर्न गयो । २०३० साल साउन ६ गते जन्मेका कार्कीलाई राजनीतिको नसाले राम्रोसँग समात्यो । राजनीतिका माध्यमबाट समाजको थिचोमिचोको आवाज बुलन्द गर्दै अन्याय र अत्याचारको विरुद्धमा कार्की जहिलेपनि अग्रमोर्चामा देखिन्थे । घरमा होस् , समाजमा होस् या त क्याम्पस पढ्दा होस् जताततै कार्की सबैका प्यारा र अति मिलनसार व्यक्तित्व रुप थिए। जहाँ-जहाँ समस्या आउँथ्यो त्यसको समाधानका भिष्मपितामहका रुपमा देखिन्थे कार्की। घर परिवारबाट नै राजनीतिक प्रभाव परेका कार्की बि. स. २०४९ सालको स्वबियु निर्वाचनमा नेपाल ल क्याम्पस बाट आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै राजनीतिमा औपचारिकरुपमा विद्यार्थीको कमाण्ड समाल्ने मौका प्राप्त गरे । यिनको यो यात्रा नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सदस्य, नेपाल विद्यार्थी सङ्घ भक्तपुरको जिल्ला अध्यक्ष हुँदै उपत्यका विद्यार्थीहरुको संयोजकका रुपमा आफूलाई उभ्याउन सफल भए। कार्कीले पार्टीको एघारौँ महाधिवेशन बाट नेपाली कांग्रेस भक्तपुरको जिल्ला सदस्य हुँदै बाह्रौंमा नेपाली कांग्रेस भक्तपुरको सचिवको जिम्मेवारी सम्म प्राप्त गरि कार्कीको पार्टीप्रतिको इमान्दारिता र राजनीतिक संस्कारका कारण पार्टीको १३औँ महाधिवेशनमा भक्तपुर कांग्रेसबाट महाधिवेशन प्रतिनिधि रहँदै हाल महासमिती सदस्य जस्तो उच्च जिम्मेवारी प्राप्त गर्न सफल भए ।
यिनै कार्की आसन्न मंसिर ४ गते हुन गरेको आमनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ प्रदेश क बाट प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएका छन्। २. उनी गठबंधन नेपाली कांग्रेस तर्फबाट भक्तपुर क्षेत्र नं २ प्रदेश क बाट उम्मेदवार बनेका छन्। राजनीतिलाई कमाइ खाने भाँडो बनाउने र पेशा बनाएर राजनीति जनमानसमा वितृष्ण बनाए मुलुकको राजनीतिलाई अन्धकार र यथास्थितिवादमा पुर्याउनेहरुको विरुद्ध हो उनको उमेद्वारी।  राजनीतिलाई पेशा नबनाइ नितान्त समाजसेवा ठानिनु पर्दछ भन्ने कार्कीको एकमात्र वाणी रहेको छ। हिजो राजनीतिक माध्यमबाट त छँदैछ , राजनीतिक माध्यम बाहिरबाट पनि जनताको काममा सधैँ दत्तचित्त लाग्ने व्यक्तित्वका रुपमा चिनिन्छन् कार्की । पद प्राप्तिलाई मात्र प्रधान ठान्ने लाई कार्कीले पदले कुनै माइ राख्दैन ? यदि एउटा मान्छे असल आचरणका साथ आफ्नो कामप्रति इमान्दार देखाउँछ भने उसको त्यो गुण्का अगाडि पद सधैं छायामा पर्दछ । जुन आचरणको अभ्यास हामीले युवालाई अभ्यासत गराउनु पर्दछ । जुन सोचका लागि हो कार्किको उम्मेदवारी । सधै निष्ठाको राजनीतिमा लागेर लोकप्रिय छवि बनाएका कार्की निष्ठावान नेता र स्पष्ट वक्ताका रुपमा समस्त परिचित छन्। कार्की मध्यपुर अस्पतालका संस्थापक संचालक र हाल अध्यक्ष रहेका छन्। भक्तपुरमा अस्पतालको अभावलाई परिपूर्ति गर्न र सुलभ मूल्यमा पनि उच्च स्तरीय सेवा प्रदान गर्ने अभिप्रायले कार्की यस अस्पतालको स्थापना गरेका थिए। कार्कीले आफ्नै बुबाका नाममा स्थापना गरेका श्यामबहादुर कार्की स्मृति प्रतिष्ठानले विभिन्न विद्यालय हुँदै विभिन्न गरीब तथा जेहेन्दार विद्यार्थीहरुले पठनपाठनका सामग्री र छात्रवृत्ति उपलब्ध गराउँदै आएको सबैमा जगजाहेर छ । कार्कीले विभिन्न सामाजिक कार्यमा असुल्ने योगदान गरेको हामीसँग राम्रो विगत छ। कार्कीलाई पटकपटक समाजमा रहेका लोकतन्त्रविरोधी जो पश्चगामी स्वरलाई मलजल गर्ने गर्छन् तिबाट कार्कीलाई धमिलो बनाउन कैयौं चोटी चेष्ठानगरिएको भनि पक्कै होइन । तर कार्कीले कैयौं जेलनेल र सकसपूर्ण त्यो क्षणलाई सहेर भएपनि आफ्नो जनसेवा प्रति समर्पित हुने त्यो यात्रामा ब्रेक कहिले लगाएनन। कार्की एक पुरानो ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको कर्मठ सिपाइ हुन्न  । प्रस्तुति: प्रकाश कार्की