ओलीले राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद भंग : देउवा

71

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राति २ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई उठाएर संसद भंग गरेको बताएका छन्। सत्तारुढ गठबन्धनले ललितपुरमा आयोजना गरेको गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

ओलीले दुई वर्षअघि नै संसद भंग गरे पनि गठबन्धनले संसद जोगाएर अहिले चुनावमा जान लागेको देउवाले बताए। अहिलेको संविधान राम्रो बनेको भन्दै प्रधानमन्त्री देउवाले सबै मिलेर संविधानको रक्षा गर्नुपर्ने बताए। उनले गठबन्धनका उम्मेदवारलाई जिताउन पनि आग्रह गरे। उनले भने, ‘अब रुख, हँसिया हथौडा, कलम भनेर हुँदैन।’