मोरङ । चलचित्र क्षेत्रबाट राजनीतिमा होमिएकी अभिनेत्री रेखा थापा आउँदो निर्वाचनका लागि घरदैलोमा व्यस्त छिन्।
मोरङको क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएकी ४१ वर्षीया थापा घरदैलोमा जनताको घरमा पुगेर सर्वसाधारणसँग भेटघाट गरिरहेकी छिन्।
३२ वर्षदेखि परीक्षण गरिएका दलका नेताविरुद्ध नयाँपन दिन आफू मैदानमा होमिएको बताउने थापाले हिन्दु राष्ट्रसँगै जन्मघर र निर्वाचन क्षेत्रमा देखिएका गलत प्रवृत्तिको अन्त्य गर्न आफू चुनावी मैदानमा होमिएको बताइन्।
यसक्रममा उनले बेलबारी नगरपालिकाको वडा नम्बर ११ मा भएको घरदैलो कार्यक्रममा रेखाले रिक्सा चलाउँदै नागरिकसँग मत मागेकी छिन्।
त्यसैगरि, नेत्री थापाले सोही क्षेत्रमा युवाहरुसँग समेत भेटघाट गरेकी छिन्। थापाले घरदैलोका क्रममा एक पसलमा क्यारमबोर्ड खेलिरहेका युवासँगसमेत छलफल गरेकी थिइन्।
थापासँगै सो क्षेत्रमा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका डा. सुनिलकुमार शर्मा, एमालेबाट पूर्वमन्त्री भानुभक्त ढकाल उम्मेदवार छन्।














