सयपत्री हाइड्रोपावरको सेयर कारोबार सुरु

27

काठमाडौँ । सयपत्री हाइड्रोपावरको सेयर कारोबार सोमबारदेखि सुरु भएको छ । सयपत्रीको पहिलो कारोबार १९४ रुपैयाँ ८० पैसामा खुला भएको हो । अब सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ ।

नेप्सेले सयपत्रीको पहिलो कारोबारका लागि न्यूनतम ६४ रुपैयाँ ९६ पैसादेखि अधिकतम १९४ रुपैयाँ ८८ पैसा ओपनिङ रेन्ज तोकेको थियो । सोही रेन्जको अधिकतम विन्दुबाट सेयर कारोबार खुला भएको हो ।

सयपत्रीको चुक्ता पुँजीका आधारमा कायम ३० लाख कित्ता सेयर सूचीकृत भएको थियो ।

यसअघि आइतबार स्पेसल प्रि-ओपनिङ सेसनमा अर्डर म्याच नभएपछि सेयर कारोबार खुला हुन सकेको थिए । ‘एसपीएचएल’ संकेतमा सेयर कारोबार सुरु भएको हो ।