काठमाडाैँ । हत्यापश्चात् जंगलमा गाडिएको अवस्थामा दुई जना बालबालिकाको शव फेला परेको छ। तुलसीपुर उपहानगरपालिका वडा नम्बर १३ को दमारगाउँ जंगलमा सोही ठाउँका दुई बालबालिकाको शब गाडिएको अवस्थामा फेला परेको वडा अध्यक्ष मोहन पौडेलले जानकारी दिए।
तीन दिनअघि असोज २७ गते साँझ घरबाटै हराएका १५ वर्षका शरद आर्चाय र १४ वर्षकि रोशनी महतारालाई आइतबार जंगलमा गाडिएको अवस्थामा फेला परेको वडा अध्यक्ष पौडेलले बताए। दुवै जनाको शब एकै ठाउँमा गाडिएको अवस्थामा फेला परेको हो। प्रहरी, जनप्रतिनिधि र स्थानीयले शबको उत्खनन गरेपछि पहिचान खुलेको छ। शबलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउन लागिएको छ। घटनाको विषयमा थप जानकारी आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।