काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश समितिले प्रचार प्रसार समितिलाई पूर्णता दिएको छ । सो समितिको संयोजकमा तिलक प्रसाद रुवाली र सदस्यसचिबमा रामेश्वर ढकाल रहेका छन् । १३ सदस्यीय सचिवालयका साथै ६७ सदस्य समिति सदस्यहरुलाई जिल्ला र खासगरी सम्बन्धित निर्वाचन क्षेत्र हेर्ने गरि जिम्मेवारी तोकिएको संयोजक रुवालीले बताउनुभयो नेपाली काङ्ग्रेसले प्रत्यक्ष तर्फ बहुमत सिट जित्ने गरि प्रचारप्रसारका गतिविधि अगाडि बढाउने जानकारी दिनुभयो । ६६ सिट रहेको बागमती प्रदेशमा नेपाली काङ्ग्रेसले प्रदेश तर्फ ४० र प्रतिनिधि सभा तर्फ ३३ सिटमा १८ स्थानमा उम्मेद्बारी दिएको छ।
पूर्ण विवरण हेर्नुहोस्