भक्तपुर । नेकपा एमाले भक्तपुर क्षेत्र न. १ र प्रदेशका चुनावी कमाण्डरहरु तोकिएका छन् ।
जस अनुसार १ नं. निर्वाचन परिचालन कमिटी रामबहादुर श्रेष्ठ संयोजक रहेको ५०१ सदस्य रहेको कमिटि गठन गरेको छ । सोही निर्वाचन क्षेत्रको क) प्रदेश सभातर्फ शिबराम तिमिल्सिना संयोजक सहित २५१ सदस्य र ख) को निर्वाचन परिचालन कमिटीको संयोजकमा मिलन सुवालको नेतृत्वमा १५१ सदस्य रहेको निर्वाचन परिचान कमिटी गठन गरेको एमाले भक्तपुरका प्रचार विभाग प्रमुख निरञ्जन बजगाइले जानकारी दिएका छन् ।