पहिरोमा थप दुुई जनाको मृत्यु

67

सिमकोट । पहिरोमा परी घर भत्किँदा हालसम्म थप दुुई जनाको मृत्यु भएको ढिलो गरी जानकारी प्राप्त भएको छ। 3सहज रूपमा सञ्चार सम्पर्क हुन नसकेपछि मृत्युुको चार दिनपछि दुुई जना वर्षाको कारण घर भत्किँदा मृत्युु भएको जानकारी आएको हो।

अब तीन वटा गाउँपालिकाका छुट्टाछुट्टै पहिरोको घटनामा परी ६ जनाको मृत्युु भएको छ। यसअघि वर्षाले पहिरो जाँदा चार जनाको मृत्युु भएकोमा थप दुुई जनाको मृत्युु भएको हो। ताँजाकोट गाउँपालिकाका पछिल्लो जानकारीअनुुसार ताँजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले वडा नम्बर ४ को गल्लावाडाको २२ वर्षका हेमराज ढकालको घर भत्किएर मृत्युु भएको बताए।

उनले चार दिनअगाडि घरमै बसेको अवस्थामा घर भत्किएपछि उनको घटनास्थलमै मृत्युु भएको बताए। त्यसैगरी, सर्केगार्ड गाउँपालिका–१ को नात्ता गाउँका २३ वर्षका तील सुुनारको पनि घर भत्किएर मृत्युु भएको सो वडाका पूर्व वडाध्यक्ष गोकुुल बुढाले जानकारी दिँदै उक्त गाउँमा मानवीय क्षतिका साथै भौतिक क्षति पनि धेरै भएको जानकारी दिए।

यसअघि पहिरोबाट घर भत्किँदा चंखेली गाउँपालिका–६ को मासीधारा गाउँको देनबाडामा एकै परिवारका चार जनाको मृत्यु भएको थियो। पहिरोमै परि ताँजाकोट र चंखेली गाउँपालिकाका चार घाइतकोे हेलिकोप्टरबाट उद्धार गरिएको थियो। प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जिल्लामा वर्षाबाट भएको क्षतिको विवरण संकलन कार्य भइरहेको बताए।