उदयपुर । करिब ९० प्रतिशत निर्वाचन आचार संहिता उल्लंघन ठूला राजनीतिक दलबाटै हुने गरेको सरोकारवाला निकायले जनाएका छन्। यसकारण आगामी निर्वाचनमा यस्तो घटना नदोहोर्याउन र आचार संहितालाई गम्भीरतापूर्वक लिन जोड दिइएको छ।
जिल्ला निर्वाचन कार्यालय उदयपुरले बिहीबार कर्मचारी मिलन केन्द्रमा आयोजना गरेको निर्वाचन आचारसंहिता ०७९ को विषयमा जानकारी दिन आयोजना गरिएको कार्यक्रमका सहभागीहरूले मुख्य र जिम्मेवार दलबाट आचारसंहिता उल्लंघन हुने गरेको आरोप लगाए। निर्वाचन आचारसंहितामा उल्लेख भएका ९० प्रतिशत नियम उल्लंघन हुने गरेको विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले बताए।
कार्यालयका प्रमुख खेमराज कोइरालाले आगामी ४ मंसीरमा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार, दललगायत सरोकारवाला पक्षले पालाना गर्नुपर्ने आचारसंहिताको विषयमा जानकारी गराएको थियो।