महन्थ ठाकुरले गराए महोत्तरी–३ बाट उम्मेदवारी दर्ता

151

महोत्तरी – महोत्तरी क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनका तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।

यस्तै प्रदेशसभातर्फ सत्ता गठबन्धनको तर्फबाट लोसपाका अभिराम शर्माले क्षेत्र नम्बर ३ को (क) बाट र रानी शर्मा तिवारीले (ख) बाट उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारी दर्ता गराएका तीनै जना गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा विजयी भएका थिए।