सुमन सायमीले गरे काठमाडौँ ८ मा मनोनयन दर्ता

67

काठमाडौँ । सुमन सायमीले काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्। ‘स्वतन्त्र र वैकल्पिक शक्तिको लौरो अभियान’ चलाइरहेका उनले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

लौरो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको नाममा दर्ता छ । गत स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा सायमी आँखी झ्याल चुनाव चिन्ह बाट चुनाव लडेका थिए।